Section 5
शरीरको तलासी लिन नहुने
(१) कुनै पनि व्यक्तिको मञ्जुरी नलिई निजको जीऊ वा निजको साथमा रहेको वा निजले प्रयोग गर्ने कुनै वस्तुको तलासी लिन हुँदैन।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम कुनै सुरक्षा जाँच वा फौजदारी कसूरको अनुसन्धानको सिलसिलामा कुनै व्यक्तिको तलासी लिनु पर्ने अवस्था भएमा कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निजको आदेश बमोजिम सुरक्षाको प्रयोजनको लागि खटिएका कुनै व्यक्ति वा सुरक्षाकर्मीले तलासी लिन सक्नेछ।
(३) उपदफा (२) बमोजिम सुरक्षा जाँच गर्नको लागि खटिएका अधिकारीले आफूले सुरक्षा जाँचको लागि प्राप्त गरेको अख्तियारी आफ्नो साथमा राख्नु पर्नेछ र सम्बन्धित व्यक्तिले त्यसरी तलासी लिनुभन्दा अघि हेर्न चाहेमा देखाउनु पर्नेछ।
(४) कुनै सार्वजनिक स्थानमा नियमित वा आकस्मिक सुरक्षा जाँचको लागि आफ्नो ओहदा अनुसारको चिन्ह र पोशाक लगाई कर्तव्य पालना गर्न खटिएको सुरक्षाकर्मीलाई यस दफाको प्रयोजनको लागि सुरक्षा जाँचको अख्तियारी भएको मानिनेछ।